सेयर बजारमा तीन पटकको सर्किट ब्रेकपछि बन्द

सेयर बजारमा तीन पटकको सर्किट ब्रेकपछि बन्द

४ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक बर्षको लागि मौद्रिक नीति सार्वजनिक गर्यो । मौद्रिक नीतिको सबैले खुलेर प्रशंसा गरे ।

बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस ९कोभिड १९० को कारण समग्र अर्थतन्त्रमा परेको प्रभाव न्युनीकरण गर्न मौद्रिक नीति सफल धारण सबै क्षेत्रले व्यक्त गर्यो । यहीबिचमा मौद्रिक नीति घोषणा पछिको पहिलो दिन खुलेको सेयर बजारमा यसको प्रत्यक्ष प्रभाव देखिएको छ ।

कारोवार खुलेको केही मिनेटमा नै नेप्से छ अंक भन्दा बढीले बढेपछि आज पुरै दिनको लागि सेयर कारोवार बन्द भएको छ । नेप्सेमा आज कारोवार खुलेको छ मिनेटमा नै पहिलो सर्किट लागेर २० मिनेटको लागि नेप्से बन्द भएको थियो ।

सो पश्चात ४० मिनेटको लागि दोस्रो सर्किट ब्रेक लाग्यो भने १२;८ बजेबाट पुरै दिनको लागि कारोवार बन्द भयो । १२ बजेर आठ मिनेट जाँदा नेप्से ८४ दसमलव २६ अंकले बढेर १४ सय ७९ दसमलव तीन बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि १७ दसमलव ३९ अंकले बढेर तीन सय १२ दसमलव ४४ बिन्दुमा चढेको छ ।

यो अवधिसम्ममा एक सय ११ कम्पनहिरुको छ सय ६३ वटा कारोवारमा एक लाख ८० हजार पाँच सय ९६ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम छ करोड २५ लाख ६६ हजार दुई सय ९३ रुपैयाँ पुगेको छ ।

यस अवधिसम्ममा नेप्सेमा १० वटा समुहको मात्र कारोवार भएकाछन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक ८८ दसमलव ८७ अंकले बढेकोमा बिकास बैंक समुहको ६३ दसमलव १३ अंकले बढेको छ ।

यसैगरी निर्जिवन बीमा बीमा समुहको सुचक पनि दुई सय दुई दसमलव चार अंकले बढेको छ भने जीवन बीमा समुहको सुचक पाँच सय ४८ अंकले बढेको छ । यि बाहेक जलबिद्युत, फाईनान्स, लघुबित्त, अन्य लगायतका समुहको सुचक पनि उच्च अंकले बढेकाछन् ।

Loading
TOP