भारतमा एकै दिन ६८१ जनाको मृत्यु

भारतमा एकै दिन ६८१ जनाको मृत्यु

५ साउन, काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ६८१ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या २७ हजार ४९७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४० हजार ४२५ जना संक्रमित पुष्टि भएको छ ।

यो भारतमा अहिलेसम्म एकै दिन संक्रमित हुनेको सबै भन्दा धेरै संख्या हो ।

योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ११ लाख नाघेको छ । भारतमा कुल संक्रमित ११ लाख १८ हजार ४३ पुगेको छ ।

यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिलपछि तेस्रो स्थानमा उक्लिएको छ ।

त्यस्तै भारतमा अहिलेसम्म ७ लाख ८७ जना ठिक भएका छन् भने ३ लाख ९० हजार ४५९ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यसैगरी विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ४६ लाख ४४ हजार ३६० पुगेको छ भने मृतकको संख्या ६ लाख ८ हजार ९११ पुगेको छ ।

त्यस्तै विश्वभर ८७ लाख ३५ हजार २९८ जना कोरोना संक्रमित ठिक भएका छन् ।

Loading
TOP