युनाइटेडलाई हराउँदै चेल्सी एफए कपको फाइनलमा

युनाइटेडलाई हराउँदै चेल्सी एफए कपको फाइनलमा

५ साउन, काठमाडौं। म्यानचेस्टर युनाइटेडले गएराति एफए कपको सेमिफाइनलमा चेल्सीलाई ३९१ को नतिजा सुम्पिएको छ। जितसँगै चेल्सीले आर्सनलसँगको उपाधि भीडन्त पक्का गरेको छ।

चेल्सीले पहिलो हाफको अन्तिम मिनेटमा ओलिभर जिरौडको गोलबाट अग्रता लिएको थियो। पहिलो हाफमा पाँच मिनेट थप गरिएको थियो। तर, इन्जुरी समयको दोस्रो मिनेटमा युनाइटेडले रक्षक इरिक बेलीको टाउकोमा चोट लागेपछि समय लम्बिएको थियो। जिरौडले सेसर एजप्लिक्वेटाको क्रसमा इन्जुरी समयको ११औं मिनेटमा गोल गरेका थिए।

दोस्रो हाफको शुरूमै मासोन माउन्टले चेल्सीको अग्रता दोब्बर बनाएर। माउन्टले हानेको लामो प्रहार डी हियोको पञ्जामा छोएर गोल भएको थियो। ७४औं मिनेटमा ह्यारी म्यागुएरको आत्मघाती गोलमा चेल्सीले अग्रता थप बढायो। खेल सकिन चार मिनेट बाँकी रहँदा ब्रुनो फर्नान्डेजले गरेको गोल युनाइटेडका लागि सान्त्वना बन्यो।

Loading
TOP