नेपाल टेलिकमले ल्यायो तीन महिने ‘समर अफर’

नेपाल टेलिकमले ल्यायो तीन महिने ‘समर अफर’

५ साउन, काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकहरूलाई विभिन्न प्याकेजसहितको ‘समर अफर’ उपलब्ध गराउने भएको छ।

टेलिकमले एक विज्ञप्ति जारी गर्दै, विभिन्न प्याकेजसहितको ल्याएको अफर आगामी तीन महिनासम्म उपलब्ध हुने जनाएको छ । उक्त प्याकेज नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात १ साउनदेखि नै लागू भएको कम्पनीले जानकारी दिएको छ।

यसअघि नै स्प्रिङ अफरअन्तर्गतका प्याकेजहरूलाई परिमार्जन गरेर समर अफर उपलब्ध गराएको टेलिकमले जनाएको छ । कम्पनीले पहिलेदेखि नै उपलब्ध केही प्याक यथावत् राख्दै केही प्याकलाई भने परिमार्जन गरेको हो। कम्पनीले ल्याएको प्याकेज प्राप्त गर्नका लागि ग्राहकले स्टार १४१५ ह्याज (*1415#) डायल गर्नुपर्ने छ।

यस्तै, कम्पनीको एप ‘नेपाल टेलिकम’बाट पनि प्याकेजसम्बन्धी जानकारी लिन र सेवा खरिद गर्न सकिन्छ। ग्राहकले पहिलोपटक एप प्रयोग गर्दा १०० एमबी डाटा निःशुल्क उपलब्ध हुने कम्पनीले बताएको छ।

साथै, पहिलेदेखि सञ्चालनमा रहेका स्प्रिङ अफरका प्याकेजहरू यथावत रहनेछन्।

यस्तो छ कम्पनीको समर अफरः

Loading
TOP