गण्डकीमा १२ जना संक्रमित थपिए

गण्डकीमा १२ जना संक्रमित थपिए

५ साउन, पोखरा । गण्डकी प्रदेशमा सोमबार थप १२ जनामा कोरोना पुष्टि भएको छ ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले सोमबार दिएको अपडेट अनुसार ४ जिल्लाका थप १२ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

नयाँ संक्रमितहरु लमजुङका एक जना, कास्कीका ८ जना, तनहुँका २ जना र स्याङजाका एक जना रहेका छन् ।

नयाँ संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

गण्डकी प्रदेशमा अहिलेसम्म ९२५ जना कोरोना संक्रमित ठिक भएका छन् ।

त्यस्तै योसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ३१७ पुगेको छ ।

त्यस्तै गण्डकी प्रदेशमा अहिले एक हजार ८२४ जना क्वारेन्टाइनमा रहेका छन् ।

Loading
TOP