कर्णाली प्रदेशमा ५ जिल्लाका ११ जना संक्रमित थपिए

कर्णाली प्रदेशमा ५ जिल्लाका ११ जना संक्रमित थपिए

५ साउन, काठमाडौँ । कर्णाली प्रदेशमा सोमबार थप ११ जनामा कोरोना पुष्टि भएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको अपडेट अनुसार कर्णाली प्रदेशको प्रदेश अस्पताल सुर्खेतरपशुपन्क्षी रोग अन्वेषण प्रयोगशाला, सुर्खेत, दैलेख अस्पताल प्रयोगशाला र भेरी अस्पताल, बाँकेमा गरिएको परिक्षणमा ५ जिल्लाका ११ जनामा कोरोना पुष्टि भएको हो ।

नयाँ संक्रमितहरुमा सुर्खेतका ४ जना, दैलेखका २ जना, सल्यानका ३ जना तथा कालिकोट र हुम्लाका एक एक जनामा कोरोना पोजेटिभ देखिएको हो ।

योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ७४९ पुगेको छ ।

त्यस्तै कर्णालीमा पछिल्लो २४ घण्टामा ८ जना डिस्चार्ज भएका छन् भने अहिले सम्म डिस्चार्ज हुनेको संख्या एक हजार ५१९ पुगेको छ ।

त्यस्तै कोरोनाबाट कर्णाली प्रदेशमा अहिलेसम्म ६ जना मृत्यु भएको छ । अहिले कर्णाली प्रदेशमा सक्रिय कोरोना संक्रमितको संख्या २२४ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

Loading
TOP