अहिलेसम्म ३ लाख १९ हजार ७८६ जना पिसिआर परिक्षण

अहिलेसम्म ३ लाख १९ हजार ७८६ जना पिसिआर परिक्षण

५ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा २७ वटा प्रयोगशालामा गरिएको परिक्षणमा ४ हजार २१६ नमुनाको पिसिआर परिक्षण गरिएको छ ।

अहिलेसम्म कुल पिसिआर परिक्षणको संख्या ३ लाख १९ हजार ७८६ पुगेको छ ।

त्यस्तै अहिले देशभरमा २२ हजार २२८ जना क्वारेन्टाइनमा रहेका छन् भने ५ हजार ९३६ जना आइसोलेसनमा रहेका छन् ।

अहिलेसम्म नेपालका ७७ वटै जिल्लामा संक्रमण देखिएकोमा ६ जिल्ला कोरोना मुक्त भएका छन् । मनाङ, मुस्ताङ, रसुवा, हुम्ला, भोजपुर र पांचथर रहेका छन् ।

अहिलेसम्म नेपालमा कोरोनाबाट ४० जनाको मृत्यु भएको छ ।

Loading
TOP