गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ३२९ पुग्यो

गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ३२९ पुग्यो

६ साउन, पोखरा । गण्डकी प्रदेशमा मंगलार थप ९ जनामा कोरोना पुष्टि भएको छ ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले मंगलबार दिएको अपडेट अनुसार ३ जिल्लाका थप ९ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

नयाँ संक्रमितहरु म्याग्दी, बाग्लुङ र स्याङजाका ३/३ जना रहेका छन् ।

नयाँ संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

गण्डकी प्रदेशमा अहिलेसम्म १०२० जना कोरोना संक्रमित ठिक भएका छन् ।

त्यस्तै योसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ३२९ पुगेको छ ।

Loading
TOP