बाढीमा फसेका दुई जनाको नेपाली सेनाद्वारा उद्धार

बाढीमा फसेका दुई जनाको नेपाली सेनाद्वारा उद्धार

६ साउन, इलाम । गएराति इलामको माईखोलामा आएको बाढीमा फसेका दुई जनाको नेपाली सेनाले उद्धार गरेको छ।

इलाम सदरमुकामस्थित पशुपतिप्रसाद गणबाट खटिएको सेनाको टोलीले माइजोगमाईका दुई जनाको उद्धार गरेको हो। माइजोगमाई गाउँपालिका–५ का ६५ वर्षीय लोकबहादुर नेम्वाङ र ३० वर्षीय जोजो लिम्बूलाई नेपाली सेनाको टोलीले गएराति उद्धार गरेको हो।

माइजोगमाईको सिरिसे र इलाम नगरापालिका(५ जोड्ने झोलुङगे पुलभन्दा केही माथि रहेको गोठमा दुवैतिरबाट बाढी आएपछि उनीहरु फसेका थिए। खबर पाएलगत्तै पुगेको नेपाली सेनाले उनीहरुलाई सकुशल बाढीबाट निकालेको छ। भङ्गालो फाटिएर दुईतिर भएपछि बीचमा रहेको गोठमा उनीहरु बसेका थिए।

रातिको समयमा लाइफ ज्याकेट लगाएर आवश्यक सुरक्षाका साथ उनीहरुको सफल उद्धार गरिएको सेनाले जनाएको छ।

 

Loading
TOP