टोखामा पहिरोले पुरिएर दुई बालबालिकाको मृत्यु

टोखामा पहिरोले पुरिएर दुई बालबालिकाको मृत्यु

६ साउन, काठमाडौं । काठमाडौंको टोखा नगरपालिका १ टाँसी डाँडामा पहिरोले पुरिएर दुई बालबालिकाको मृत्यु भएको छ ।

मंगलबार खाना खाने समयमा आएको पहिरोले पुरिएर स्थानीय ३र३ वर्षका सचिन राना र सन्धा रानाको मृत्यु भएको महानगरीय प्रहरी बृत्त महाराजगञ्जका डीएसपी रोशन खड्काले जानकारी दिए ।

डीएसपी खड्काका अनुसार मृत्यु हुने दुई बालबालिका जुम्ल्याहा हुन् । घटनाको थप विवरण आउन बाँकी छन् ।

Loading
TOP