प्रभु बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृतमा मणिराम पोखरेललाई नियुक्त

प्रभु बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृतमा मणिराम पोखरेललाई नियुक्त

७ साउन, काठमाडौं । प्रभु बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृतमा मणिराम पोखरेललाई नियुक्त भएको छ । बैंकिङ क्षेत्रमा तीन दशकभन्दा लामो समयको अनुभाव रहेको छ । पोखरेललाई बैंक सञ्चालक समितिले साउन १ गतेदेखि लागू हुनेगरी नियुक्त गर्ने निर्णय गरेको हो ।

समृद्धि विकास बैंक प्रभु विकास बैंकमा गाभिएपछि पोखरेलले प्रभु बैंकमा दोस्रो पोजिसनमा कार्य गर्दै आइरहेका थिए । सन् १९९० मा सहायक स्तरबाट नबिल बैंकबाट बैंकिङ्ग करियर शुरु गरेका पोखरेलसँग नेपाल एसविआई बैंक, एनसीसी बैंक, हिमचुली विकास बैंकमा समेत काम गरेका अनुभव छ।

Loading
TOP