नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ पुग्यो

७ साउन, धरान । कोरोना भाइरसका कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गत साउन १ गते आइसुलेशन वार्डमा भर्ना भएका महोत्तरीका ६० वर्षीय शशि भुषण झाको मंगलबार राति मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय धरानका अनुसार प्रतिष्ठान भर्ना भएका मृतकको पिसिआर रिपोर्टमा कोरोना पोजेटिभ देखिएको थियो । मृतकको शव हाल प्रतिष्ठानमै राखिएको छ। मृतकको शव दाहसंस्कारका लागिमहोत्तरी पठाउन व्यवस्थापन भइरहेको छ ।

योसँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४१ पुगेको छ।

Loading
TOP