कम्युनिष्ट पार्टी सामूहिक नेतृत्व प्रणालीमा विश्वास गर्ने एक क्रान्तिकारी संस्था : नेपाल

कम्युनिष्ट पार्टी सामूहिक नेतृत्व प्रणालीमा विश्वास गर्ने एक क्रान्तिकारी संस्था : नेपाल

७ साउन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिस्ट पार्टी कुनै व्यक्तिको ‘अलौकिक’वा ‘चमत्कारिक’ नेतृत्वमा विश्वास गर्ने संस्था नभई सामूहिक नेतृत्व प्रणालीमा विश्वास गर्ने एक क्रान्तिकारी संस्था भएको बताएका छन् ।कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४२ औँ स्मृति दिवसका अवसरमा वक्तव्य जारी गर्दै नेता नेपालले यस्तो बताएका हुन् ।

नेता नेपालले कमिटी प्रणालीका आधारमा पार्टी चलाउनु पर्छ भन्ने मान्यतालाई दृढतापूर्वक व्यवहारमा लागू गर्नुपर्ने बताएका छन् ।

उनले पुष्पलालको नेतृत्वमा पाँच जनाले २००६ सालमा स्थापना गरेको नेपाल कम्युनिस्ट पार्टी आज नेपाली जनताको आशा, भरोषा र विश्वासको केन्द्रका रुपमा स्थापित भएको बताएका छन् ।

उनले भनेका छन्, ु नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव, नेपाली जनताको मुक्तिका लागि आजीवन समर्पित, सामन्तवाद तथा निरंकुशताका विरुद्धको संयुक्त जनआन्दोलनका प्रणेता कमरेड पुष्पलालको ४२ औँ स्मृति दिवसका अवसरमा उहाँलाई सम्मानपूर्वक स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु ।ु

नेता नेपालले अर्काको अस्तित्व स्वीकार नगर्ने र ‘म नै सर्वेसर्वा हुँ र म नभए केही पनि चल्दैन’ भन्ने भावनाले कम्युनिस्ट आन्दोलनलाई हिजो विभाजनबाट थिलोथिलो बनाएको कटु यथार्थ भोग्दै हामी यहाँसम्म आइपुगेका बताएका छन् । उनले भनेका छन्, ुआजपनि कहीँ कतै त्यस्ता गलत, व्यक्तिवादी र गैरकम्युनिस्ट प्रवृत्तिहरु देखा पर्दछन् भने त्यसका विरुद्ध दृढतपूर्वक उभिनु सबै इमानदार नेता–कार्यकर्ताको कर्तव्य हुन्छ ।ु

Loading
TOP