अमेरिकामा कोरोनाबाट अहिलेसम्म एक लाख ४४ हजार ९४४ को मृत्यु

अमेरिकामा कोरोनाबाट अहिलेसम्म एक लाख ४४ हजार ९४४ को मृत्यु

७ साउन, काठमाडौँ । अमेरिकामा कोरोनाको कहर अझै रोकिएको छैन । कोरोनाबाट मृत्यु हुनेको संख्या तुलनात्मक रुपमा घटेपनि सामाजिक दूरी कायम नहुदा संक्रमितको संख्या भने बढिनै रहेको देखिएको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा एक हजार ११० जनाको मृत्यु भएको छ । अहिलेसम्म अमेरिकामा मृत्यु हुनेको संख्या एक लाख ४४ हजार नाघेको छ । पछिल्लो अपडेट अनुसार अमेरिकामा ५० वटै राज्यमा गरि मृत्यु हुनेको संख्या एक लाख ४४ हजार ९४४ पुगेको छ ।

त्यस्तै गरि पछिल्लो २४ घण्टामा अमेरिकामा ६६ हजार ९३६ जना संक्रमित पुष्टि भएको छ । योसँगै अमेरिकामा संक्रमितको संख्या ४० लाख २८ हजार ३६५ पुगेको छ ।

त्यस्तै अमेरिकामा अहिलेसम्म १८ लाख ८५ हजार ५२७ जना ठिक भएका छन् भने सक्रिय संक्रमित १९ लाख ९७ हजार ८९४ जना रहेका छन् । त्यस्तै अमेरिकामा अहिले १६ हजार ७२१ जना आइसीयुमा उपचारत रहेका छन् ।

अमेरिकामा अहिलेसम्म न्युयोर्कमा मात्र मृत्यु हुनेको संख्या ३२ हजार नाघेको छ । न्युयोर्कमा ३२ हजार ६०२ जनाको मृत्यु भएको छ । त्यस्तै न्युयोर्कमा संक्रमितको संख्या ४ लाख ३५ हजार ७५३ जना संक्रमित भएका छन् ।

त्यस्तै न्यूजर्सीमा १५ हजार ८०९ जनाको मृत्यु भएको छ भने न्यूजर्सीमा अहिलेसम्म एक लाख ८३ हजार ३७२ जना संक्रमित भएका छन् ।

त्यस्तै मसाचुसेट्समा ८ हजार ४५० जनाको ज्यान गएको छ ।

त्यस्तै क्यालिफोर्नियामा ७ हजार ८८५, त्यस्तैगरि इलिनियोइसमा ७ हजार ५१७, पेन्सिलभेनियामा ७ हजार १०६, मिचिगनमा ६ हजार ३८२, फ्लोरिडामा ५ हजार २०७, कोनेक्टीकटमा ४ हजार ४०६, टेक्सासमा ४ हजार २९९, लुसियानामा ३ हजार ६११ जना, मेरिल्याण्डमा ३ हजार ४०२, जर्जियामा ३ हजार २५४, ओहियो ३ हजार २२३, इन्डियानामा २ हजार ८४६ र एरिजोनामा २ हजार ९१८ जनाको मृत्यु भएको छ ।

Loading
TOP