सुन तोलामा १३ सयले बढ्यो, अहिलेसम्मकै महँगो

सुन तोलामा १३ सयले बढ्यो, अहिलेसम्मकै महँगो

७ साउन, काठमाडौँ । बुधबार सुनको मुल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मुल्यमा प्रति तोला १३ सयले बढेको छ । योसँगै नेपालमा सुनको मुल्य अहिलेसम्मकै धेरै प्रति तोला ९४ हजार पुगेको छ ।

यस अघि मंगलबार सुन प्रति तोला ९२ हजार ७ सयमा कारोबार भएको थियो ।

त्यस्तै बुधबार तेजावी सुनको मुल्य प्रति तोला ९३ हजार ५६० पुगेको छ ।

बुधबार चाँदीको मुल्यमा पनि वृद्धि भएको छ । मंगलबार १०४० प्रतितोला कारोबार भएको चाँदी बुधबार प्रति तोला ९५ रुपैयाँले बढेर ११३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Loading
TOP