टिचिङमा उपचाररत कोरोना पोजिटिभ चिनियाँ नागरिकको मृत्यु

टिचिङमा उपचाररत कोरोना पोजिटिभ चिनियाँ नागरिकको मृत्यु

७ साउन, काठमाडौं । त्रिवि शिक्षण अस्पतालको आइसियुमा उपचाररत कोरोना संक्रमित एक चिनियाँ नागरिकको मृत्यु भएको छ।

४८ वर्षीय महिलाको उपचारको क्रममा मृत्यु भएको अस्पतालमा कोभिड फोकल पर्सन डा शन्तकुमार दासले जानकारी दिए।

डा दासका अनुसार ती महिलामा मुटुको समस्या थियो।

उनलाई श्वासप्रस्वासमा समस्या देखिएपछि उपचारका लागि पोखराबाट सुरुमा ग्रान्डी अस्पतालमा ल्याइएको थियो। ग्रान्डीबाट उनलाई थप उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा रेफर गरिएको थियो।

ती महिलाको स्वाब परीक्षणका क्रममा मंगलबार कोरोना पोजिटिभ देखिएको हो। उनको स्वास्थ्यमा समस्या बढ्दै गएपछि अस्पतालको आइसियुमा उपचार भइरहेको थियो। तर बुधबार बिहान उपचारका क्रममा उनको मृत्यु भएको डा दासले जानकारी दिए।

 

Loading
TOP