भारतमा एकैदिन एक हजार १२९ जनाको मृत्यु

भारतमा एकैदिन एक हजार १२९ जनाको मृत्यु

८ साउन, काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट एक हजार १२९ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या २९ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या २९ हजार ८६१ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४५ हजार ७२० जना संक्रमित पुष्टि भएको छ । यो एकै दिन संक्रमण पुष्टि भएको अहिलेसम्मको सबैभन्दा धेरै संख्या हो ।

योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या १२ लाख नाघेको छ । भारतमा कुल संक्रमित १२ लाख ३८ हजार ६३५ पुगेको छ ।

यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिलपछि तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै भारतमा अहिलेसम्म ७ लाख ८२ हजार ६०६ जना ठिक भएका छन् भने ४ लाख २६ हजार १६७ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यसैगरी विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ५३ लाख ७४ हजार ४८२ पुगेको छ भने मृतकको संख्या ६ लाख ३० हजार २१४ पुगेको छ ।

त्यस्तै विश्वभर ९३ लाख ४९ हजार ३७५ जना कोरोना संक्रमित ठिक भएका छन् ।

Loading
TOP