काम नगर्ने कर्मचारीलाई हटाएर सक्षमलाई करारमा नियुक्ति गरौँ: सांसद पौडेल

काम नगर्ने कर्मचारीलाई हटाएर सक्षमलाई करारमा नियुक्ति गरौँ: सांसद पौडेल

८ साउन, काठमाडौं । राष्ट्रिय सभाकी सांसद बिमला राई पौडेलले दिइएको जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई बर्खास्त गर्ने व्यवस्था ल्याउनुपर्ने बताएकी छन्। राष्ट्रिय सभाको आइतबार बसेको बैठकमा उनले संसद सचिवालयका कर्मचारीहरूको उदाहरण दिँदै अह्राएको काम नगर्ने र नटेर्ने कर्मचारीलाई बर्खास्त गरी काम गर्ने कर्मचारी करारमा राख्‍नुपर्ने माग गरेकी हुन् ।

संसद सचिवालयकै शौचालय एक वर्षदेखि बनाउन नसक्ने कर्मचारीलाई निकम्मा भन्दै उनले त्यस्तालाई बर्खास्त गर्न सक्नुपर्ने माग गरिन् । ‘संसद सचिवालयको प्रशासन, सूचना सञ्चार, व्यवस्थापनमा धेरै समस्या छन्’, उनले भनिन्, ‘संसद सचिवालयकै शौचालय एक वर्षदेखि अलपत्र छ, बनाउनू भनेर ताकेता गर्दा कर्मचारी हुन्छ भन्छन् तर कामै गर्दैनन्।’

सरकारले अह्राएको काम गर्न नसक्ने अदक्ष कर्मचारी फाल्न सकिने व्यवस्था गर्नुपर्ने उनले माग गरिन् । ‘असाध्यै दक्ष, पढेलेखेका, काम गर्न सक्ने युवाहरू अवसर नपाएर विदेशिइरहेका छन्’, उनले भनिन्, ‘बरु उनीहरूलाई नै करारमा राख्‍ने व्यवस्था गर्न सकिन्छ।’

सांसद पौडेलले एक पटक लोकसेवा पास गरेपछि जीवनभर कामै नगरी जागिर खान पाउने व्यवस्थाको अन्त्य गर्नुपर्ने बताइएन् । ‘प्रधानमन्त्री, मन्त्री बन्न पाँचरपाँच वर्षमा जनतामा जानुपर्छ, खारिएर आउनुपर्छ’ पौडेलले भनिन्, ‘एक पटक लोकसेवा पास गरेको कर्मचारीलाई जिम्मेवारी पुरा गरेन भने पनि जागिरमा राखी रहने रु’

बैठकमा सांसद पौडेलले संसद सचिवालयका कर्मचारीको कार्य सम्पादन मूल्याङ्कन गर्दा सम्बन्धित समितिका सांसदहरूको सुझाव लिनुपर्ने परम्परा बसाल्न समेत माग गरिन् ।

Loading
TOP