सार्वजनिक गाडीमा स्वास्थ्य मापदण्डको पालना भए,नभएको ट्राफिक प्रहरीले अनुगमन गर्ने

सार्वजनिक गाडीमा स्वास्थ्य मापदण्डको पालना भए,नभएको ट्राफिक प्रहरीले अनुगमन गर्ने

८ साउन, काठमाण्डौ । सरकारले तोकेको स्वास्थ्य मापदण्ड कतिपय सार्वजनिक गाडीका चालक र सहचालकले नमानेका यात्रुले गुनासो गरेका छन् ।

सरकारले ५० प्रतिशतसम्म बढी भाडा लिन मिल्ने भने पनि उनीहरुले यसअघि लिँदै आएको भाडामा दोब्बर लिने गरेका, भौतिक दूरी कायम नगरेका र यात्रु उभ्याएर पनि राखेका गुनासो गरेका हुन् ।

यी गुनासा नआउन भन्नका लागि अनुगमन थालिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । लकडाउन खुलेसँगै ट्राफिक प्रहरीले ट्राफिक नियम पालनामा कडाइ गरेको छ । झण्डै चार महिनाको लकडाउन हटेपछि उपत्यकाको सडकमा निजी तथा सार्वजनिक गाडीको चाप बढेको छ।

चाप बढेसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम पालनामा कडाइ गर्न थालेको हो । लकडाउन अन्त्य भए पनि कोभिड९१९ को जोखिम कायमै रहेकाले आम सडक प्रयोगकर्तालाई स्वास्थ्य मापदण्ड पालना गराउन र ट्राफिक नियम कार्यान्वयन गराउन ट्राफिक प्रहरीको विशेष टोली परिचालन गरिएको महाशाखाले जनाएको छ ।

टोलीले सार्वजनिक गाडीमा व्यक्तिगत दूरी कायम गरेरनगरेको, चालक र यात्रुले मास्क लगाएरनलगाएको, तोकिएको भाडादर लिएर नलिएको, ५० प्रतिशत मात्र यात्रु राखे,नराखेको अनुगमन गर्ने महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए ।

Loading
TOP