राष्ट्रिय परिचयपत्रको विवरण भर्ने काम शुरु

राष्ट्रिय परिचयपत्रको विवरण भर्ने काम शुरु

८ साउन,  काभ्रे । काभ्रेपलाञ्चोक जिल्लामा राष्ट्रिय परिचयपत्र वितरणका लागि विवरण भर्ने काम शुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले राष्ट्रिय परिचयपत्रका लागि विवरण भर्न आवश्यक कक्षको व्यवस्थापन गरी काम शुरु गरेको हो । असार ३१ गतेदेखि शुरु गरिएको विवरण भर्ने क्रममा आजसम्म ६१ जनाले विवरण भरिसकेको विवरण दर्ता अपरेटर सीता भण्डारीले बताइन् ।

“विवरण भर्नका लागि पहिला हामीले फोटो खिच्छौं, त्यसपछि औँंठाछाप, डिजिटल हस्ताक्षरलगायतका विवरण भरेपछि आधिकारिक प्रतिनिधिबाट स्वीकृत भएपछि हामीले सम्बन्धित व्यक्तिलाई एक प्रति दिन्छौँ र एक प्रति कार्यालयमा राख्छौँ”, उनले भनिन्, “माथिबाट परिचयपत्र तयार भएर आएपछि बोलाएर वितरण गर्नेछौँ ।”

राष्ट्रिय परिचयपत्रका लागि विवरण भर्न आउनेहरुका लागि जिल्ला प्रशासन कार्यालयले व्यवस्थापन गरेको कक्षमा दुई जना विवरण दर्ता अपरेटरले काम गरिरहेको छ ।

Loading
TOP