थप १४७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १८,२४१ पुग्यो

थप १४७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १८,२४१ पुग्यो

८ साउन, काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप १४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

आज थपिएका सहित नेपालमा संक्रमितको संख्या १८ हजार २ सय ४१ जना पुगेको छ।

Loading
TOP