२४ घण्टामा थप १५६ जना डिस्चार्ज

२४ घण्टामा थप १५६ जना डिस्चार्ज

८ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा १५६ जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म १२ हजार ८४० जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको प्रतिशत ७०.३९ रहेको छ ।

त्यस्तै अहिले देशभरमा २० हजार ९८ जना क्वारेन्टाइनमा रहेका छन् भने ५ हजार ३५८ जना आइसोलेसनमा रहेका छन् ।

अहिलेसम्म नेपालका ७७ वटै जिल्लामा संक्रमण देखिएकोमा ७ जिल्ला कोरोना मुक्त भएका छन् । मनाङ, मुस्ताङ, धनकुटा, रसुवा, हुम्ला, भोजपुर र पांचथर रहेका छन् ।

नेपालमा कोरोनाबाट अहिलेसम्म ४२ जनाको मृत्यु भएको छ ।

Loading
TOP