हालसम्म कुल पिसिआर परिक्षणको संख्या ३ लाख ३१ हजार ९ पुग्यो

हालसम्म कुल पिसिआर परिक्षणको संख्या ३ लाख ३१ हजार ९ पुग्यो

८ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा २८ वटा प्रयोगशालामा गरिएको परिक्षणमा ३ हजार ४८१ नमुनाको पिसिआर परिक्षण गरिएको छ ।

अहिलेसम्म कुल पिसिआर परिक्षणको संख्या ३ लाख ३१ हजार ९ पुगेको छ ।

त्यस्तै अहिले देशभरमा २० हजार ९८ जना क्वारेन्टाइनमा रहेका छन् भने ५ हजार ३५८ जना आइसोलेसनमा रहेका छन् ।

अहिलेसम्म नेपालका ७७ वटै जिल्लामा संक्रमण देखिएकोमा ७ जिल्ला कोरोना मुक्त भएका छन् । मनाङ, मुस्ताङ, धनकुटा, रसुवा, हुम्ला, भोजपुर र पांचथर रहेका छन् ।

नेपालमा कोरोनाबाट अहिलेसम्म ४२ जनाको मृत्यु भएको छ ।

Loading
TOP