केपी शर्मा ओलीलाई विदा गरेर नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चयन गरौं : बाबुराम भट्टराई

केपी शर्मा ओलीलाई विदा गरेर नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चयन गरौं : बाबुराम भट्टराई

९ साउन, काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन र प्रधानन्यायाधीशलाई महाभियोग लगाउन सल्लाह दिएका छन् । अहिलेको सर्वोच्च अदालतको विवादस्पद फैसला र वर्तमान राजनीतिप्रति सामाजिक संजालमा टिप्पणी गर्दै डा. भट्टराईले यस्तो बताएका हुन् ।

डा. भट्टराईले ५ सुझाव दिदै संसद बोलाउन, ओलीलाई हटाउन, नेकपाबाटै नयाँ प्रधानमन्त्री बनाउन, अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाउन, शक्तिशाली लोकपाल गठन गर्न र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीमा जान सुझाव दिएका छन् ।

उनले भनेका छन्

देश गम्भीर संकटतिर जाँदैछ । लोकतान्त्रिक ढंगले संकटमोचन गर्न यसो गरौं, १) संसद अधिवेशन बोलाऊँ, २) केपी शर्मा ओलीलाई विदा गरेर नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चयन गरौं, ३) अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाऊँ, ४) भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठनगरौं, ५) प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जाऊँ !

Loading
TOP