उडीनेससँग युभेन्टस पराजित

उडीनेससँग युभेन्टस पराजित

९ साउन, काठमाडौँ । इटालियन सिरी ए मा युभेन्टस पराजित भएको छ । गएराती सम्पन्न खेलमा युभेन्टस उडीनेससँग २-१ गोल अन्तरले पराजित भएको हो ।

उडीनेसको जितमा इजा नेस्टोरोभस्की र सेको फोफानाले एक एक गोल गरेका थिए भने युभेन्टसका लागि माथिस डिलाइटले एक गोल गरेका थिए ।

१-१ गोलको अवस्थामा खेलको ९० मिनेटपछिको इन्जुरी समयमा उडीनेसका फोफानाले गोल गर्दै उडीनेसलाई जिताएका थिए ।

यो हारपछि यो खेल जितेर सिरी ए को उपाधि जित्नबाट युभेन्टस चुकेको छ ।

लिगमा ३५ खेलपछि युभेन्टसको ८० अंक छ भने दोस्रो स्थानमा रहेको एटलान्टाभन्दा अझै ६ अंकले अगाडी रहेको छ । एटलान्टासँग हेड टु हेडमा अगाडी रहेकाले अब आइतबार साम्पडोरियाविरुद्धको खेल जितेर उपाधि जित्ने प्रयासमा युभेन्टस हुने छ ।

युभेन्टसका म्यानेजर मौरिजिओ सारीले जसारी पनि खेल जित्ने एप्रोचले युभेन्टस हारेको प्रतिक्रिया दिएका छन् । उनले पहिलो हाफ राम्रो खेले पनि दोस्रो हाफमा टिम खराब खेलेको बताए ।

त्यस्तै उडीनेसले भने महात्वपूर्ण ३ अंक बटुल्दै लिगमा ३५ खेलपछि ३९ अंक बनाउदै १५औ स्थानमा उक्लिएको छ ।

Loading
TOP