अमेरिकालाई चीनको जवाफ : चेंगडुको महावाणिज्यदुताबास बन्द गर्न निर्देशन

अमेरिकालाई चीनको जवाफ : चेंगडुको महावाणिज्यदुताबास बन्द गर्न निर्देशन

९ साउन, बेइजिङ । चीनले अमेरिकाको चीनको चेंगडुमा रहेको अमेरिकी महावाणिज्यदुताबास बन्द गर्न निर्देशन दिएको छ । अमेरिकाले आफ्नो ह्यूस्टनमा रहेको महावाणिज्यदूतावास कार्यालय बन्द गर्न आदेश दिएपछि चीनले जवाफी कारवाही स्वरूप अमेरिकी महावाणिज्यदुताबास बन्द गरेको हो ।

चीनको विदेश मन्त्रालयले अमेरिकाले बंग गरेको महावाणिज्यदुतावासको जवाफी कारवाहीका लागि यो जरुरी र वैध कदम भएको जनाएको छ ।

चिनियाँ विदेश मन्त्रालयले चीन र अमेरिकाबीच अहिले यस्तो अवस्था छ जसलाई चीनले चाहदैन र यसका लागि पूर्ण रुपमा अमेरिका जिम्मेवार रहेको बताएको छ ।

अमेरिकाले चीनको चंगुडमा सन १९८५ मा महावाणिज्यदुतावास बनाएको थियो । यस दुताबासमा २ सय भन्दा बढी कर्मचारीले कम गर्ने बताइएको छ । यो तिब्बतको नजिक भएकाले अमेरिकाका लागि रणनीतिक रुपमा महत्वपूर्ण भएको बताइएको छ ।

पछिल्लो समय चीन र अमेरिकाबीचको सम्बन्ध बिग्रिएको देखिएको छ । अमेरिकाले हालै तीन चिनिया नागरिकलाई भिसामा झुट बोलेको भन्दै गिरफ्तार गरेको छ भने चौथो व्यक्ति एक महिलालाई गिरफ्तार गर्न खोजेको तर उनी सान फ्रान्सिस्कोस्थित चिनिया वाणिज्य दुताबासभित्र रहेको बताइएको छ । अमेरिकाले गिरफ्तार भएका व्यक्तिहरुले उनीहरु चिनिया सेनाको सदस्य भएको बारे झुट बोलेको आरोप लगाएको छ ।

अमेरिकाले केहि दिन अघि अमेरिकाको ह्यूस्टनमा रहेको महावाणिज्यदूतावास कार्यालय बन्द गर्न आदेश दिएको थियो । गत मंगलबार महावाणिज्यदूतावास परिसरमा भवनका कागजात जलाइएपछि स्थानीय अग्निनियन्त्रक र प्रहरीहरु साँझपख कन्सुलेट भवनमा आइपुगेपनि उनीहरुलाई भित्र प्रवेश गर्न दिइएको थिएन ।

Loading
TOP