सुदूरपश्चिम प्रदेशमा एक महिलासहित ८ जनामा कोरोना पुष्टि

सुदूरपश्चिम प्रदेशमा एक महिलासहित ८ जनामा कोरोना पुष्टि

९ साउन, धनगढी । सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप ८ जनामा कोरोना पुष्टि भएको छ ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा कैलालीका ८ जनामा कोरोना पुष्टि भएको हो ।

सेती अस्पतालले दिएको जानकारी अनुसार संक्रमित हुनेमा एक महिला र सात पुरुष रहेका छन् ।

नयाँ संक्रमितहरु टीकापुर नगरपालिका(४ का तीन पुरुष, वडा नम्वर ३ का दुई पुरुष र वडा नम्वर १ का एक पुरुषमा कोरोना पुष्टि भएको छ । त्यस्तै जानकी गाउँपालिका ( ३ का ३० बर्षीय महिला र १६ बर्षीय पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जानकारी दिएको छ ।

योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार १८५ पुगेको छ । संक्रमण पुष्टि भएका दुई हजार दुई सय ८० जना डिस्चार्ज भैसकेका छन् भने ८ जनाको मृत्यु भएको छ ।

Loading
TOP