आइपिएल युएईमा हुने

आइपिएल युएईमा हुने

९ साउन, काठमाडौँ । कोरोना भाइरसका कारण स्थगित भएको इण्डियन प्रिमियर लिग (आइपिएल) टी-२० को आयोजना युएईमा हुने भएको छ ।

आइपिएल गर्वर्निङ काउन्सिलका चेयरम्यान बृजेश पटेलले आगामी सेप्टेम्बर १९ देखि आइपिएल युएई हुने बताएको भारतीय समाचार एजेन्सी पिटीआइले उल्लेख गरेको छ ।

पटेलका अनुसार यस सिजनको आइपिएल सेप्टेम्बर १९ देखि नोभेम्बर ८ सम्म हुने भएको छ ।

सम्भावित खेल तालिका र अन्य विषयको टुंगो लगाउन आउदो साता आइपिएल गभर्नीङ काउन्सिलको बैठक बस्न लागेको बताइएको छ ।

यस बर्षको टी-२० विश्वकप स्थगित भएपछि आइपिएलको आयोजना हुन सम्भव देखिएको हो ।

यस अघि पटेलले भारतीय समाचार एजेन्सी पिटीआइसँग कुरा गर्दै आइपिएल युएईमा हुने र त्यसका लागि आवश्यक अनुमतिको आवेदन सरकारलाई पठाइएको बताएका थिए ।

उनले मैदानमा दर्शक जान नपाउने हुनाले जुन देशमा भएपनि खासै फरक नपर्ने पटेलले बताएका थिए ।

आइपिएल आयोजनाका लागि श्रीलंका, युएई, न्युजील्याण्ड, दक्षिण अफ्रीका जस्ता देशहरुले इच्छा देखाएपनि समय र व्यवस्थापनका हिसाबले बोर्ड युएईमा आयोजना गर्ने निर्णयमा पुगेको बताइएको छ । पटेलले आइपिएलका यस अघि हुदै आएका सबै ६० खेल नै हुने बताएका छन् ।

पटेलले कम्तिमा तीन साता अभ्यासको समय दिएर आइपिएलको मिति सार्बजनिक गरिने बताउदै मिति घोषणा हुनसाथ आइपिएलको सम्पूर्ण कार्यक्रमलाई अन्तिम रुप दिने बताएका छन् ।

मैदानमा दर्शक नउने हुनाले फ्रेन्चाईजीलाई भने यस सिजनमा ठुलो घाटा हुने भएको छ । अहिले फ्रेन्चाईजीलाई हुने घाटा भारतीय क्रिकेट बोर्डले कसरी गर्छ भन्ने चर्चा चलेको छ भने खेलको कमेन्ट्री कसरी गर्ने भन्ने पनि प्रश्न उठेको छ । बढी उमेरका पूर्व क्रिकेटर एवं कमेन्टेटरहरुलाई घरबाटै लाइभ कमेन्ट्री गर्ने व्यवस्था मिलाउने बारे छलफल भएको बताइएको छ ।

क्रिकेट विश्वकप स्थगित भएपनि आइपिएल हुने खबरले भने क्रिकेटप्रेमी अलिकति भएपनि उत्साहित भएका छन् ।

Loading
TOP