बिश्व बजारमा सुनकाे मूल्य ९ वर्ष यताकै छलाङ

बिश्व बजारमा सुनकाे मूल्य ९ वर्ष यताकै छलाङ

९ साउन, काठमाडौं । कोभिड-१९ को महारीकैबीच खुल्न थालेको अर्थतन्त्रको प्रभाव सुनको कारोबारमा देखा पर्न थालेको छ । समस्या पर्दा खाँचो टार्न मिल्ने र सौन्दर्य गहनाको रूपमा प्रयोग हुँदै आएको सुनको मूल्य विश्व बजारमा नै ९ वर्ष यताकै उच्च हुन पुगेको छ ।

बहुमूल्य धातुका रुपमा रहेको सुनको मूल्य अन्तरराष्ट्रिय बजारमा यो हप्ता मात्र ४.२ प्रतिशतले बढेर प्रतिअउन्स एक हजार ८८८ डलरमा पुगेको छ । जुन सेप्टेम्बर २०११ पछिको उच्च मूल्य हो। यससँगै हालसम्मको उच्च मूल्य ९ प्रति अउन्स एक हजार ९२ (डलर) सँगको दूरी साँघुरिँदै गएको छ ।

कोरोना महामारीको अनिश्चितता, अमेरिका र चीनका बीचको तनाव र अमेरिकामा कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले लगानीकर्ताहरु सुरक्षित लागनीका रुपमा सुनतर्फ आकर्षित हुदाँ सुनको मूल्यमा अत्याधिक वृद्धि भइरहेको बताइएको छ ।

Loading
TOP