भारतमा एकै दिन कोरोनाबाट ७०५ जनाको मृत्यु

भारतमा एकै दिन कोरोनाबाट ७०५ जनाको मृत्यु

११ साउन, काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ७०५ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या ३२ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ३२ हजार ६३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४८ हजार ६६१ जना संक्रमित पुष्टि भएको छ ।

योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या १३ लाख नाघेको छ । भारतमा कुल संक्रमित १३ लाख ८५ हजार ५२२ पुगेको छ ।

यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिलपछि तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै भारतमा अहिलेसम्म ८ लाख ८५ हजार ५७७ जना ठिक भएका छन् भने ४ लाख ६७ हजार ८८२ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यस्तै भारतमा अहिलेसम्म कुल एक करोड ६२ लाख ९१ हजार ३३१ नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ४ लाख ४२ हजार २६३ नमुना परिक्षण गरिएको छ ।

Loading
TOP