रञ्जन प्रकरणको पुनरावलोकन मुद्धा तीन न्यायाधिशको बेन्चमा

रञ्जन प्रकरणको पुनरावलोकन मुद्धा तीन न्यायाधिशको बेन्चमा

११ साउन, काठमाडौं । सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको सजाय घटाउने सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयको पुनरावलोकनमाथि आज सुनुवाई हुदै छ ।

यस मुद्दा न्यायाधीशहरु वमकुमार श्रेष्ठ, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको बेन्चमा परेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीले पूर्वडीआईजी कोइरालाको मुद्दाको सजायँ कटौती गर्ने निर्णय गरेका थिए ।

पत्नी गीताको हत्या गरेका कोइरालालाई जिल्ला अदालत र पुनरावेदन अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो । तर असार १५ मा चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजालासले कोइरालाको सजाय घटाउँदै ८ वर्ष ६ महिना कायम गरेपछि उनी श्रावण ८ गते रिहा भएका थिए ।

सर्वोच्चको फैसला त्रुटीपूर्ण रहेको भन्दै महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा पुनरावलोकन निवेदन दर्ता गरेको थियो ।

सर्वोच्च अदालत नियमावलीको नियम २७ अनुरूप पुनरावलोकन हुने या नहुने भन्ने विषयमा पहिले निर्णय हुनेछ । उक्त सुनुवाइमा फैसला दिने न्यायाधीशकै संख्याका न्यायाधीश संलग्न हुनेछन् । आज हुने सुनुवाईबाट पुनरावलोकन निवेदनले पुनरावलोकनको निस्सा पाउने(नपाउने विषयमा प्रारम्भिक रूपमा निर्णय हुने बताइएको छ ।

पुनरावलोकनले निस्सा पाएमा तीन न्यायाधीश संलग्न पूर्ण इजलासमा पेसी तोकिने व्यवस्था रहेको छ । पुनरावलोकनको प्रारम्भिक सुनुवाइ इजलासमा नभएर तीन न्यायाधीश संलग्न चेम्बरमा हेरिने कानुनी व्यवस्था रहेको छ ।

Loading
TOP