गोविन्दराज जोशीसहित तीन नेता काँग्रेसबाट पाँच वर्षका लागि निष्काशित

गोविन्दराज जोशीसहित तीन नेता काँग्रेसबाट पाँच वर्षका लागि निष्काशित

११ साउन, काठमाडौँ । नेपाली काँग्रेसले पूर्वमन्त्री गोविन्दराज जोशीसहित ३ जना नेतालाई पाँच वर्षका लागि पार्टीबाट निष्काशित गरेको छ ।

काँग्रेसको अनुशासन समितिको सिफारिसमा पूर्वमन्त्री गोविन्दराज जोशी र कैलालीका पुष्कर नाथ ओझालाई पाँच वर्षका लागि पार्टीबाट निष्काशित गरेको हो ।

त्यस्तै डडेल्धुराका नेता रामबहादुर विष्टलाई भने तीन वर्षका लागि कांग्रेसले निष्काशन गरेको जनाएको छ । नेताहरु भीष्मराज आङ्देम्बे, उमाकान्त चौधरी, धनराज गुरुङ, किशोर सिंह राठौर र देवेन्द्रराज कँडेल रहेको नेपाली कांग्रेस अनुशासन समितिले उनीहरुलाई पार्टीबाट निष्काशन गर्न पार्टीलाई सिफारिस गरेको थियो ।

उनीहरुलाई निर्वाचनमा आफ्नै पार्टीका नेतालाई असहयोग गरेको, बागी उम्मेदवार उठेको आरोप लागेको थियो ।

Loading
TOP