मनसुन पुन: सक्रिय, तीन दिनसम्म भारी वर्षाको सम्भावना

मनसुन पुन: सक्रिय, तीन दिनसम्म भारी वर्षाको सम्भावना

११ साउन, काठमाडौं । सोमबार (भोलि) बाट पुन मनसुन सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले जारी गरेको विषेश मौसमी बुलेटिन अनुसार मनसुन सक्रिय हुँदा तीन–चार दिनसम्म देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ । साथै केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

सोमबार रातिबाट मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहने छ । साथै अरब सागरबाट समेत पर्याप्त जलवाष्पयुक्त हावा भित्रिने सम्भावना देखिएकाले फेरि झरी सुरु हुने विभागले पूर्वानुमान गरेको छ ।

विभागले जारी गरेको विशेष मौसमी बुलेटिनमा भनिएको छ, ‘नेपालको तराई भू(भाग नजिक रहने तथा अरब‍ सागरबाट समेत पर्याप्त जल वाष्पयुक्त हावा भित्रिने सम्भावना देखिएकोले आउँदो सोमबार ९साउन १२० रातीबाट ३र४ दिनसम्म नेपालमा मनसुन सक्रिय भै देशको धेरै जसो स्थानहरुमा हल्का देखि मध्यम बर्षा र केहि स्थानहरुमा भारी बर्षा हुन सम्भावना रहेको छ।’

विभागले नदी र खोलामा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने समेत अनुमान गरेको छ । साथै ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेतको जोखिम रहनसक्ने भएकाले सतर्कता अपनाउन मौसम विज्ञान विभागले सबैमा अपिल समेत गरेको छ ।

Loading
TOP