सुदूरपश्चिममा आइतबार १७ संक्रमित थपिए

सुदूरपश्चिममा आइतबार १७ संक्रमित थपिए

११ साउन, धनगढी । सुदूरपश्चिम प्रदेशमा आइतबार थप १७ जनामा कोरोना पुष्टि भएको छ ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ३ महिला र १४ पुरुषसहित १७ जनामा कोरोना पुष्टि भएको हो ।

सेती अस्पतालले दिएको जानकारी अनुसार नयाँ संक्रमितहरु बाजुराका ३ जना र अछामका १४ जना रहेका छन् ।

बाजुराको खप्तड, छेडेदह -१ का २ महिला र वडा नम्बर ६ का एक पुरुष गरी ३ जना संक्रमित भएका छन् ।

त्यस्तै अछामको पन्चदेओल विनायकका एक महिलासहित १३ पुरुष संक्रमित भएका छन् ।

Loading
TOP