डिशहोमको ‘डिलर दाईको डिस्काउन्ट अफर’ का विजेताको घोषणा

डिशहोमको ‘डिलर दाईको डिस्काउन्ट अफर’ का विजेताको घोषणा

११ साउन, काठमाडौँ । डिशहोमले संचालन गरेको डिलर दाईको डिस्काउन्ट अफर अन्तर्गत लक्की ड्र मार्फत दुई जना भाग्यशाली विजेता छनौट भएका छन् ।

असार श्रावण २ गतेदेखि ८ गतेसम्म फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई समावेश गरेर गरिएको लक्की ड्र मा दुई जना विजेता छानिएको हो ।

हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको च्यानल नम्बर १०० र १०१ तथा रमाईलो टिभीमा लाइभ लक्की ड्र मार्फत २ जना भाग्यशाली विजेता छनौट हुनेछन् ।

यो योजना अनुसार हरेक विजेताले प्रतिव्यक्ति एक लाख नगद प्राप्त गर्ने छन् ।

यो योजना अनुसार श्रावण ९ गते भएको लक्की ड्रमा डिसहोम सेटअप बक्सको कास आइडी नम्बर ७१९०६३०६९१६ र ०२५१९२४९९०९ विजेता बन्न सफल भएका छन् ।

डिसहोमले संचालन गरेको डिलर दाईको डिस्काउन्ट अफर व्यापक सफलता र ग्राहकहरुको अत्याधिक मागलाई ध्यानमा राखि यो अफरलाई निरन्तरता दिईने भएको छ ।

२०७६ फागुन २ गते देखि सुरु भएको डिलर दाईको डिस्काउन्ट अफर ४४ हप्ताको लागि संचालन हुने भनिएको भएपनि ग्राहकहरुको अत्याधिक मागका कारण यो अफर जारि रहने भएको हो ।

डिशहोमको देशभर रहेको बिक्रेता वा नजिकैको डिलर मार्फत फन्ड ट्रान्सफरवाट बार्षिक रिचार्ज गर्दा विकली लक्की ड्रमा सहभागी हुन पाईनेछ ।

यो योजनाअनुसार २ जना भाग्यशाली विजेताहरुले प्रतिव्यक्ति रु १,००,००० ९एक लाख० नगद प्राप्त गर्नु हुनेछ । फन्ड ट्रान्सफर बारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ ।

ग्राहकहरुको मागलाई ध्यानमा राख्दै अव अनलाइनमार्फत ५ हजार वा सो भन्दामाथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि यो विकली लक्की ड्रमा सहभागी गराईने भएको छ ।

Loading
TOP