सुन तोलामा १२ सयले बढ्यो

सुन तोलामा १२ सयले बढ्यो

१२ साउन, काठमाडौँ । सोमबार पनि सुन र चाँदी दुवैको मुल्यमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मुल्यमा प्रति तोला १२ सयले बढेको छ ।

योसँगै नेपालमा सुनको मुल्य अहिलेसम्मकै धेरै प्रति तोला ९७ हजार ५ सय पुगेको छ ।

यस अघि आइतबार सुन प्रतितोला ९६ हजार ३ सयमा कारोबार भएको थियो ।

त्यस्तै सोमबार तेजावी सुनको मुल्य प्रति तोला ९७ हजार ६० पुगेको छ ।

सोमबार चाँदीको मुल्यमा पनि वृद्धि भएको छ ।

आइतबार ११५५ प्रतितोला कारोबार भएको चाँदी आइतबार प्रति तोला ५५ रुपैयाँले बढेर १२१० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Loading
TOP