मन्त्रिपरिषदको बैठक बस्दै

मन्त्रिपरिषदको बैठक बस्दै

१२ साउन, काठमाडौं । मन्त्रिपरिषद बैठक बस्ने भएको छ । आज साँझ पाँच बजे बस्ने बैठकमा राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव चयन र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत नियुक्ति लगायतका निर्णय हुने बताइएको छ।

राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवमा निवर्तमान सदस्य सचिव रमेश सिलवालसहित लिलबहादुर थापा र अञ्जु श्रेष्ठको नाम सिफारिस गरिएको छ । यस्तै अर्थमन्त्री नेतृत्वको सिफारिस समिति लगानी बोर्डको सीईओका लागि तीन जनाको नाम सिफारिस गरिएको छ।

Loading
TOP