बर्दियाको क्वारेन्टाइनमा एक युवकद्वारा आत्महत्या

बर्दियाको क्वारेन्टाइनमा एक युवकद्वारा आत्महत्या

१२ साउन, बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिकाको क्वारेन्टाइनमा बसेका रामबहादुर साउदले आत्महत्या गरेका छन् । उनी १० दिनअघि भारतको राजस्थानबाट फर्किएका थिए ।अछामको बन्निगढी गाउँपालिका घर भएका उनी सैनवारमा रहेका आफन्तकहाँ बस्ने भन्दै नाकाबाट भित्रिए पनि घरमा कोही नभेटेपछि पाटीमै बसेका थिए । पाटीमै बसेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले उनलाई क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी प्रमुख एसपी केदार रजौरेले जानकारी दिए ।

आइतबार कोरोना परीक्षणका लागि पीसीआर गर्न स्वाब संकलन गरिएको थियो । उनको पीसीआर परीक्षणको नतिजा भने आएको छैन ।

Loading
TOP