काठमाडौं र ललितपुरमा ६ जना संक्रमित थपिए

काठमाडौं र ललितपुरमा ६ जना संक्रमित थपिए

१२ साउन, काठमाडौं । सोमबार काठमाडौं र ललितपुरमा ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा ३ र ललितपुरमा ३ जना गरी ६ जना संक्रमित थपिएको जानकारी दिए।

हालसम्म काठमाडौंँमा संक्रमित हुनेको संख्या २ सय ८८ र ललितपुरमा ८६ पुगेको छ।

Loading
TOP