भारतमा कोरोनाबाट ३३ हजार ४२५ जनाको मृत्यु

भारतमा कोरोनाबाट ३३ हजार ४२५ जनाको मृत्यु

१३ साउन, काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ६५४ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या ३३ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ३३ हजार ४२५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४७ हजार ७०४ जना संक्रमित पुष्टि भएको छ ।

योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या १४ लाख नाघेको छ । भारतमा कुल संक्रमित १४ लाख ८३ हजार १५७ पुगेको छ ।

यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिलपछि तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै भारतमा अहिलेसम्म ९ लाख ५२ हजार ७४४ जना ठिक भएका छन् भने ४ लाख ९६ हजार ९८८ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यस्तै भारतमा अहिलेसम्म कुल एक करोड ७३ लाख २१ हजार ८०३ नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ५ लाख १५ हजार नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।

Loading
TOP