सुशान्तको आत्महत्या प्रकरणमा महेश भट्टको बयान, करण जोहरलाई पनि बोलाउदै

सुशान्तको आत्महत्या प्रकरणमा महेश भट्टको बयान, करण जोहरलाई पनि बोलाउदै

१३ साउन, काठमाडौँ । बलिवुड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा प्रहरीको छानबिन जारी रहेको छ । मिडिया रिपोर्टका अनुसार पछिल्लो पटक मुम्बई प्रहरीले वरिष्ठ फिल्म निर्मातारनिर्देशक महेश भट्टसँग बयान लिएको छ । प्रहरीले भट्टसँग सोमबार बयान लिएको हो । भट्टले सुशान्तलाई अहिले बनिरहेको फिल्म सडक(२ मा लिने बताएर पछि नलिएको आरोप लागिरहेको छ ।

भट्टमाथि सुशान्तलाई आत्महत्या गर्न बाध्य बनाएको आरोप लागिरहेको छ । प्रहरीले सडक-२ का लागि सुशान्तसँग भेट गरेको बारे प्रहरीले भट्टसँग बयान लिएको बताइएको छ ।

प्रहरीले यस अघि कैयौं फिल्म हस्तीहरुसँग बयान लिईसकेको छ । यशराज फिल्म्सका मालिक आदित्य चोपडा, वरिष्ठ फिल्म निर्देशक।निर्माता संजयलीला भन्साली, धर्मा प्रोडक्सनका निर्देशक अपूर्वा मेहता, सुशान्तकी प्रेमिका रिया चक्रवर्तीलगायत ३ दर्जन भन्दा बढीको बयान लिएको छ । तर अहिलेसम्मको बयानबाट के नतिजा आयो भन्ने बारेमा भने अहिलेसम्म प्रष्ट देखिएको छ ।

अब प्रहरीले चर्चित फिल्म निर्माता।निर्देशक करण जोहरसँग बयान लिने तयारी गरेको मिडिया रिपोर्टमा बताइएको छ ।

सुशान्तको आत्महत्या प्रकरणमा करण जोहर सबैभन्दा बढी निशानामा रहेका छन् । उनले सुशान्तको फिल्मी क्यारियर बर्बाद गर्न ड्राइभ नामको फिल्म बनाएर हलमा रिलिज नै नगरेको आरोप लागेको छ । जोहरले सुशान्तलाई फ्लप एक्टर भन्दै सो फिल्म नेटफ्लिक्समा रिलिज गरेका थिए ।

Loading
TOP