पूर्वमन्त्री सुनील थापा आज औपचारिकरुपमा नेपाली कांग्रेसमा प्रवेश गर्दै

पूर्वमन्त्री सुनील थापा आज औपचारिकरुपमा नेपाली कांग्रेसमा प्रवेश गर्दै

१३ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका पूर्वमन्त्री सुनीलबहादुर थापा आज औपचारिकरुपमा नेपाली कांग्रेसमा प्रवेश गर्दैछन् । शनिवार राप्रपा परित्याग गरेका थापासहित ३० भन्दाबढि नेता कार्यकर्ता मंगलवार कांग्रेसमा प्रवेश गर्न लागेका हुन् ।

थापासहित ३० भन्दा बढि नेता कार्यकर्तालाई पार्टीमा भित्राउन कांग्रेसले पार्टी मुख्यालयमा कार्यक्रमको आयोजना गरेको छ । सानेपामा आयोजित कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवाले उनीहरुलाई टिका लगाई प्रवेश गराउने भएका छन् ।

राप्रपा परित्याग गरेका थापासहितका नेताहरुलाई कांग्रेसभित्र के भूमिका दिइन्छ रु त्यो भने स्पष्ट भइसकेको छैन । थापाले महामन्त्री पद मागेपनि सहमहामन्त्री बनाउने तयारी देउवाले गरेका छन् । थापाको आगमणप्रति कांग्रेसका अन्य नेता मौन भएपनि सहमहामन्त्री दिन नहुन्ने पक्षमा छन् ।

थापाले आफुलाई महामन्त्री र अन्यलाई केन्द्रीय सदस्य बनाउन माग गरेका थिए । सवैलाई केन्द्रीय सदस्य नबनाएपनि ५ जनासम्मलाई केन्द्रीय सदस्य बनाउने तयारी देउवाले गरेको कांग्रेस स्रोतले बताएको छ ।

Loading
TOP