कपिलवस्तुमा मंलगबार थप ३४ जनामा कोरोना पुष्टि

कपिलवस्तुमा मंलगबार थप ३४ जनामा कोरोना पुष्टि

१३ साउन, कपिलवस्तु । कपिलवस्तु जिल्लामा मंलगबार थप ३४ जनामा कोरोना पुष्टि भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय, कपिलवस्तुले दिएको जानकारी अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौमा गरिएको परिक्षणमा थप ३४ जनामा कोरोना पुष्टि भएको हो ।

नयाँ संक्रमितहरु शिवराज नगरपालिकाका २८ जना पुरुष र ६ जना महिला रहेका छन् । जसमध्ये १२ जना भारत, ४ जना दुबई, २ जना साउदी अरेबिया, ३ जना कतारबाट आएका हुन् भने बाँकी १३ जना समुदायका रहेका छन् ।

योसँगै कपिलवस्तुमा सन्क्रमितको संख्या ७९६ पुगेको छ ।

Loading
TOP