सुनको मुल्य बढ्नेक्रम रोकिएन

सुनको मुल्य बढ्नेक्रम रोकिएन

१३ साउन, काठमाडौँ । मंगलबार पनि सुन र चाँदी दुवैको मुल्यमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मुल्यमा प्रति तोला ७ सयले बढेको छ ।

योसँगै नेपालमा सुनको मुल्य अहिलेसम्मकै धेरै प्रति तोला ९८ हजार २ सय पुगेको छ ।

यस अघि सोमबार सुन प्रतितोला ९७ हजार ५ सयमा कारोबार भएको थियो ।

त्यस्तै मंगलबार तेजावी सुनको मुल्य प्रति तोला ९७ हजार ७६० पुगेको छ ।

त्यसैगरी मंगलबार चाँदीको मुल्यमा पनि वृद्धि भएको छ ।

सोमबार १२१० प्रतितोला कारोबार भएको चाँदी मंगलबार प्रति तोला ३५ रुपैयाँले बढेर १२४५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Loading
TOP