वामदेव गौतमको पार्टी विवाद मिलाउन ६ बुँदे प्रस्ताव

वामदेव गौतमको पार्टी विवाद मिलाउन ६ बुँदे प्रस्ताव

१३ साउन, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टीको विवाद मिलाउन ६ बुँदे प्रस्ताव राखेका छन् ।

उपाध्यक्ष गौतमले केपी शर्मा ओलीलाई बाँकी कार्यकाल प्रधानमन्त्री रहन  दिने र एकता महाधिवेशन नहुञ्जेल अध्यक्षमा पनि कायमै रहने गरी सहमतिको प्रस्ताव पेश गरेका हुन् ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई पेश गरेको ६ बुँदे प्रस्ताव मंगलवार सार्वजनिक गर्दै गौतमले अहिले ओलीको राजीनामा माग गर्न नहुने उल्लेख गरेका छन् ।

गौतमको प्रस्तावमा ‘प्रधानमन्त्रीका दैनिक कामहरूमा पार्टीले हस्तक्षेप नगर्ने । तर, सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वका विषयमा निर्णय गर्नुपूर्व पार्टीको सचिवालयमा परामर्श गर्ने । प्रशासन तथा सुरक्षा निकायका कर्मचारीको पदोन्नति र सरुवाका लागि मापदण्ड निश्चित गरी कार्यान्वयन गर्ने ।’भन्ने उल्लेख गरिएको छ ।

त्यस्तै उनले पार्टीको महाधिवेशन नहुञ्जेल प्रचण्डलाई पार्टीको सम्पूर्ण कार्यकारी अधिकार रहने प्रस्ताव गरेका छन् ।

यसअघि प्रचण्ड-माधवकुमार नेपाल समूहमा रहेको विश्वास गरिएका गौतमले अहिले आफु कुनै गुटमा नरहेको संकेत दिदै यस्तो प्रस्ताव गरेका छन् ।

उपाध्यक्ष गौतमले पार्टी सचिवालयको सुझाव र परामर्शमा मन्त्रिपरिषद्को पुनर्गठन गर्न समेत प्रस्ताव गरेका छन् ।

साथै उपाध्यक्ष गौतमले अबदेखि पार्टीका बैठकहरू केन्द्रीय कार्यालयमै बस्नुपर्ने प्रस्ताव रहेको छ ।​

गौतमले प्रस्ताव गरेका ६ बुँदे प्रस्ताव :

Loading
TOP