इज इनफको मागहरुप्रति काँग्रेस नेता प्रकाशमान सिंहको समर्थन

इज इनफको मागहरुप्रति काँग्रेस नेता प्रकाशमान सिंहको समर्थन

१३ साउन, काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले इनफ इज इनफको मागहरुप्रति समर्थन जनाएका छन् । इनफ इज इनफका अभियन्ताहरुले जारी राखेको सत्याग्रहस्थलमा पुगेर नेता सिंहले एक्यबद्दता प्रकट गरेका हुन् ।

अभियन्ता ईसहितका सत्याग्रहीहरुलाई भेटेर नेता सिंहले युवाहरुको मागलाई सरकारले वेवास्ता गरेको बताएका छन् । सत्याग्रहीहरुले राखेको माग पुरा गराउन काँग्रेस आफ्नै किसिमले लागिरहेको बताउदै नेता सिंहले युवाहरुको मागमा आफ्नो पूर्ण समर्थन रहेको बताएका थिए । युवाहरुले उठायेका माग जायज भएको बताउदै आफुले गरेको प्रतिबद्धताप्रति गम्भीर नभएको बताए ।

काँग्रेसले उठाउदै आएका माग र युवाहरुले उठाएका माग एउटै भएकाले सत्याग्रहीले उठाएका माग प्रति काँग्रेसको एक्यबद्दता रहेको नेता सिंहले स्पष्ट गरेका थिए ।

यस अघि स्वास्थ्य मन्त्रालयसँग भएका सम्झौता कार्यान्वयन नगरेको भन्दै इनफ इज इनफ अभियानका अभियन्ता ई पछिल्लो १० दिन देखि काठमाडौँको बसन्तपुरमा सत्याग्रहमा बसेका छन् ।

Loading
TOP