सुशान्तका पिताले दायर गरे प्रेमिका रियाविरुद्ध एफआइआर

सुशान्तका पिताले दायर गरे प्रेमिका रियाविरुद्ध एफआइआर

१४ साउन, काठमाडौँ । सुशान्त सिंह राजपुतको आत्महत्यापछि हरेक दिन आउने खबर र रिपोर्टले तरंगित बनिरहेका बेला पछिल्लो घटनाले यस प्रकरणमा नयाँ मोड लिएको छ । सुशान्तका पिताले सुशान्तकी प्रेमिका रिया चक्रवर्तीविरुद्ध सुशान्तको पैसा गायब गरेको आरोप लगाउदै प्रहरीमा एफआइआर दर्ता गरेका छन् ।

५६ पेजको एफआइआरमा सुशान्तका पिताले कैयौं खुलासा गरेका छन् । सुशान्तका पिताले रियालाई आफ्नो परिवारको विरुद्ध षड्यन्त्र गरेको आरोप लगाउदै सुशान्तलाई आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाएका छन् ।

लामो एफआइआरमा सुशान्तका पिताले सुशान्तलाई कसरी आत्महत्या गर्न बाध्य बारेकी थिइन् भन्ने विस्तृतमा उल्लेख गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

सुशान्तको क्रेडिट कार्ड, बैंक खाता देखि सबै विषय रियाले आफ्नो नियन्त्रणमा लिएको उल्लेख गर्दै सुशान्तलाई परिवारबाट समेत टाढा गराएको आरोप लगाएका छन् ।

सुशान्तले आत्महत्या गर्नु केहि दिन अघि रियाले सुशान्तका कैयौ समान, नगद रुपैया, ल्यापटप, क्रेडिट कार्ड र सुशान्तका कैयौं कागजपत्र लिएर गएको सो एफआइआरमा उनले उल्लेख गरेका छन् ।

सुशान्तलाई विभिन्न रोग लागेको भन्दै अनेकौं औषधि खुवाएर एक किसिमले बन्धक बनाएर राखेको आरोप लगाउदै सुशान्तका पिताले सुशान्तलाई आत्महत्या गर्न बाध्य बनाएको उल्लेख गरेका छन् ।

भारतिय्म मिडियाहरुले सुशान्तका पिताको यप निवेदनपछि यस घटनाले नयाँ मोड लिएको बताएका छन् । अब प्रहरीले यस एफआइआरको आधारमा नयाँ किसिमले छानबिन गर्ने भएको छ ।

अहिलेसम्म प्रहरीले गरिरहेको छानबिन विभिन्न फिल्म निर्माण कम्पनि, निर्देशक र निर्माताहरुले नातावाद र कृपावादको आधारमा सुशान्तमाथि अन्याय गरेर फिल्मबाट हटाएको आरोपमा छानबिन गरिरहेको थियो ।

प्रहरीले अहिलेसम्म यशराज ब्यानरका आदित्य चोपडा, निर्देशकरनिर्माता संजय लीला भन्साली, महेश भट्ट, रिया चक्रवर्ती, निर्देशक अपूर्व मेहतालगायत ३ दर्जनभन्दा बढीसँग बयान लिइसकेको छ ।

Loading
TOP