ट्रम्पले फेरी गरे कोरोनाको उपचारमा हाइड्रोक्सीक्लोरोक्वीनको पक्षमा वकालत

ट्रम्पले फेरी गरे कोरोनाको उपचारमा हाइड्रोक्सीक्लोरोक्वीनको पक्षमा वकालत

१४ साउन, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरी एक पटक कोरोनाको उपचारमा मलेरियाको औषधि हाइड्रोक्सीक्लोरोक्वीनको पक्षमा आफ्नो धारणा रहेका छन् । ह्वाइटहाउसमा मिडियासँग कुरा गर्दै ट्रम्पले आफुले सुझावको रुपमा अगाडी ल्याएको कारणले हाइड्रोक्सीक्लोरोक्वीनलाई कोरोनाको उपचारमा अश्विकार गरिएको बताएका छन् ।

उनले भने, ुमैले केहि कुरा सुझाव या सल्लाहको रुपमा अगाडी ल्याए भने त्यसलाई मानिसहरु अस्वीकार गर्न मन पराउछन् ।ु

हाइड्रोक्सीक्लोरोक्वीनले कोरोना ठिक हुन्छ भन्ने कुरा विभिन्न अध्ययनमा प्रमाणित हुन नसकेपनि राष्ट्रपति ट्रम्पले यसको पक्षमा वकालत गर्दै आएका छन् । त्यति मात्र होइन हुने लाखौ ट्याब्लेट भारतसँग किनेर अमेरिका लगेका पनि छन् ।

यस अघि उनले आफुले पनि यसको सेवन गरेको बताइसकेका छन् ।

ट्रम्पको दाबिका बाबजुत अमेरिकी फुड एण्ड ड्रग्स एड्मिनिस्ट्रेसन ९एफडीए० ले भने कोरोना संक्रमणको उपचारमा हाइड्रोक्सीक्लोरोक्वीन प्रयोग नगर्न चेतावनी नै जारी गरेको थियो ।

यसैसँग सम्बन्धि भिडियो पोष्ट गरेको आधारमा ट्वीटरले उनका छोरा ट्रम्प जुनिय को ट्वीटर एकाउन्टमा समेत १२ घण्टाका लागि नयाँ ट्वीट गर्न नमिल्ने बनाइदिएको थियो ।

पत्रकारहरुसँग राष्ट्रपति ट्रम्पले आफुले १४ दिनसम्म यो औषधि खादा यसको कुनै साइड इफेक्ट नदेखिएको बताए । उनले भने, ु मैले केवल आफ्नो कुरा राख्न सक्छु । धेरै पढेपछि र यस बारेमा जानकारी हासिल गरेपछि हाइड्रोक्सीक्लोरोक्वीन कोरोना संक्रमणको सुरुवाती चरणमा प्रभावकारी नै हुन्छ । यसको प्रयोगले केहि नोक्सानी हुदैन ।ु

Loading
TOP