सिद्धार्थ बैंकको नौ दसमलव पाँच प्रतिशत व्याजमा नै मझौला कर्जा

सिद्धार्थ बैंकको नौ दसमलव पाँच प्रतिशत व्याजमा नै मझौला कर्जा

१४ साउन, काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले साना तथा मझौला व्यवसायलाई लक्षित गर्दे एसएमई कर्जा (साना तथा मझौला कर्जा) मा आकर्षक योजना ल्याएको छ ।
यस योजना अन्तर्गत ग्राहकहरुले नौ दसमलव पाँच प्रतिशत (९.५%) वार्षिक ब्याजदरमा नै एसएमई कर्जा प्राप्त गर्न सक्नेछन ।

कोभिड–१९ महामारीले अर्थव्यवसायमा परिरहेको असहज परिस्थितिमा पनि कर्जा सुविधालाई सहजीकरण गर्न उद्देश्यले “जस्तो सुकै परिस्थिति होस्, नरोकियोस् केहि गर्ने जोस नारा सहित यो योजना ल्याएको छ ।

सिमित अवधिको लागि ल्याइएको यस योजनाबाट सम्बन्धित सबै पक्षले लाभ लिन सक्ने बैंकले अपेक्षा लिएको छ ।

यस योजनाले देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेका साना तथा मझौला व्यवसायहरुलाई टेवा पु¥याउने विश्वास बैंकले लिएको छ ।

Loading
TOP