हालसम्म पिसिआर परिक्षण संख्या ३ लाख ५८ हजार ३४४ पुग्यो

हालसम्म पिसिआर परिक्षण संख्या ३ लाख ५८ हजार ३४४ पुग्यो

१४ साउन, काठमाडौं । पछिल्लो २४ घन्टामा ६ हजार ३७ नमुनाको पिसिआर परिक्षण भएको छ भने अहिलेसम्म कुल ३ लाख ५८ हजार ३४४ नमुनाको पिसिआर परिक्षण भएको छ ।

त्यस्तै अहिले देशभरमा १४ हजार ४७१ जना क्वारेन्टाइनमा रहेका छन् भने ५ हजार १३९ जना आइसोलेसनमा रहेका छन् ।

अहिलेसम्म नेपालका ७७ वटै जिल्लामा संक्रमण देखिएकोमा ५ जिल्ला कोरोना मुक्त भएका छन् । मनाङ, मुस्ताङ, रसुवा, संखुवासभा र भोजपुर रहेका छन् ।

नेपालमा कोरोनाबाट अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ ।

Loading
TOP